चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा समावेश ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द, किशोर थापाको संगीत छ । यो गीतको भिडियोमा नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेकी छिन् । गीतको भिडियोमा चलचित्रका केही एक्सन दृश्यलाई पनि समावेश गरिएको छ ।

नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यस्तै, यही चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयग दर्शनधारीले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।
फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । चलचित्रका निर्देशक दीपेश सापकोटा हुन् । चलचित्रमा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् । चलचित्रलाई यही वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।
गीत हेर्नुहोस् :-




