फागुन अन्तिममा नेफ्टा अवार्ड



कोरोना भाइरसको प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यही बर्ष हुने पक्का भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल ९गीता० द्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । चलचित्र क्षेत्रलाई थप चलायमान र सक्रिय बनाउन यही बर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको नेफ्टाले बताएको छ ।

हामी अवार्ड कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेका छौं,’ संयोजक पौडेलसँगै ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने मिति सार्वजनिक गर्नेछौं ।’ कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ ।

गत बर्षको चैत्र २२ लाई टुंडिखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । निर्धारित मितिमा कार्यक्रम गर्न नसकेकोमा यसबाट पर्न गएको प्रभावप्रति नेफ्टाले समस्त दर्शक, चलचित्रकर्मी, प्रायोजक तथा सुभेच्छुकप्रति क्षमा मागेको छ । साथै, महामारीको कारण डुबानमा परेको चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्रकर्मी, दर्शक तथा सुभचिन्तकहरुलाई नेफ्टाले आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu