भुवन, सुष्मा र प्रशान्तले काटे सलमानको बर्थ-डे केक



आइतवारबाट ५५ वर्षका भएका बलिउड अभिनेता सलमान खानको जन्मदिन नेपालमा पनि सेलिब्रेट गरिएको छ । आइतवार साँझ काठमाडौंको दरबारमार्गस्थित किङ्ग्स लन्जमा सलमान खानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ को नेपाल फ्रेन्चाइज लिएको समुहले नेपाली सेलिब्रेटीहरुको उपस्थितिमा भव्य रुपमा सलमानको जन्मदिन सेलिब्रेट गरेको छ ।

‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ को समुहले आयोजना गरेको बर्थ-डे सेलिब्रेसन कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री सुष्मा कार्की, अभिनेता प्रशान्त ताम्राकारलगायतको उपस्थिति रहेको थियो । सलमानको ठूलो प्रशंसक बताउने अभिनेत्री सुष्मा बर्थ-डे केट काट्ने क्रममा निकै रमाएकी थिइन् । सो अवसरमा उनले सलमानसँग लण्डनमा भेट हुँदाको क्षण पनि स्मरण गरिन् ।

‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसीले आइतवार सलमान खानको जन्मदिनको अवसरमा सिडिएनए संस्थासँग मिलेर कपनमा अशक्तहरुलाई ४५ हजार बराबरको खाद्यन्न सहयोग गरेको जानकारी दिए । नेपालमा ‘बिइङ्ग ह्युमन’ अंकित पोशाकको बजार निकै राम्रो रहेको उनको भनाई छ । कोरोनाले भने व्यापारमा केही कमी आएको उनी बताउँछन् ।

सलमानलाई नेपाल ल्याउन पनि पहल भइरहेको उनले बताए । ‘गएको मे १६ मा सलमान खान नेपाल आउने निश्चित भएको थियो । तर, कोभिड १९ का कारण स्थगित भयो । अब कोरोनाको स्थिति सामान्य भएपछि उहाँलाई नेपाल ल्याउन पुनः पहल गर्नेछौं,’ उनले भने । दरबारमार्गको नेपाल इन्भेष्टमेन्ट बैंकको अपोजिटमा रहेको ‘बिइङ्ग ह्युमन’ स्टोरका अध्यक्ष राजु थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu