‘गणपति’ मा मुकुन र मेनुका



कोरोनाका कारण ९ महिनादेखि चलचित्र निर्माण र प्रदर्शन ठप्प थियो । सरकारले छायांकन अनुमति दिएपछि भने चलचित्र क्षेत्रमा चहलपहल सुरु भएको छ । दशैंदेखि एकपछि अर्को चलचित्रको छायांकन भइरहेका छन् भने चलचित्र निर्माणको घोषणा पनि बढ्न थालेको छ । चलचित्र क्षेत्रलाई थप सक्रिय बनाउन नयाँ चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ ।

यो चलचित्रमा पहिलो पटक अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले ठूलो पर्दामा स्क्रिन शेयर गर्दैछन् । दुवैसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । उनीहरु अभिनयमा पारंगत मानिन्छन् । पुष १४ गते मंगलवार चलचित्रको काठमाडौं नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको दृष्य लन्जमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिँदैछ ।

सविन अधिकारीले निर्देशन गर्ने चलचित्रमा सूर्यमाला शर्मा, राजाराम पौडेल, लक्ष्मी गिरी, कालु राना, प्रकाश घिमिरे, देवेन्द्र बब्लू, श्रीदेव विएललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अविगम्यान फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी रहेका छन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई लिएर मुकुन र मेनुका उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu