‘सरप्राइज’ बाट मुकेशको अभिनयमा कमब्याक



अमेरिका पलायन भएपछि नेपाली चलचित्रमा देखिन छाडेका अभिनेता मुकेश ढकाल लामो समयपछि अभिनयमा फर्किएका छन् । दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका उनले चलचित्र ‘सरप्राइज’ बाट उनले अभिनयमा पुनरागमन गरेका हुन् । धनेन्द्र रसाइलीको निर्देशनमा तयार भइरहेको यो चलचित्रको अहिले अमेरिकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

चलचित्रमा मुकेशसँगै लाउरा घिमिरे, आशिष दयाली, धनेन्द्र रसाइली, मिलन खवास, विवेक घिमिरे, अनिस सेन्चुरी, किशोर कालिकोटेलाई अभिनय गर्दै देख्न सकिनेछ । पुष्प गजमेरले चलचित्रको गीतमा संगीत भरेका छन् । राजेन्द्र विस्टको छायांकन र कामी कान्छाको कथा, संवाद तथा पटकथा रहेको चलचित्रको २३ डिसेम्बरबाट छायांकन सुरु भएको निर्देशक रसाइलीले बताए ।

अभिनेता मुकेश ढकालले चलचित्रका लागि आफ्नो भागको छायांकन पूरा गरिसकेका छन् । अबको दुई हप्तामा चलचित्रको सम्पूर्ण छायांकन पूरा हुने निर्देशक रसाइलीले बताए । कसैलाई सरप्राइज दिनुअघि सरप्राइज पाउने व्यक्तिको मनोविज्ञान र त्यसबाट उत्पन्न हुने घटना परिघटनामा चलचित्र आधारित रहेको उनको भनाई छ । उनका अनुसार, चलचित्रले प्रेमकथा पनि वाचन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu