नयाँ संस्करणमा ‘सिनेमा घर’ एप



नेपालमा ओटीटीको संस्कार बसाउन सन् २०१६ देखि सुरु भएको ‘सिनेमा घर’ एप अब नयाँ संस्करणमा आएको छ । थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा ‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच यसको औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

शुक्रवारदेखि विश्वभर रहेका नेपालीहरुले ‘सिनेमा घर गोल्ड’ मा उच्च गुणस्तरमा नेपाली चलचित्र हेर्न पाउने थ्री सिक्स्टी वन डिग्री मिडियाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । नयाँ वर्षको अवसरमा ६ वटा नेपाली चलचित्र एकसाथ रिलिज गरिएको यो प्लेटफर्ममा फिचर चलचित्रका साथै सर्ट फिल्म, स्ट्याण्डअप कमेडी तथा वेब सिरिजहरु पनि उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

शुक्रवारबाट ‘सिनेमा घर गोल्ड’ मा ‘डमरुको डण्डीवियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न पाइनेछ भने स्ट्याण्डअप कमेडी र सर्ट फिल्महरु पनि राखिएको छ । मासिक रुपमा नयाँ सामाग्री थप्दै लैजाने विज्ञप्तिमा उल्लेख छ । पाँच सयमा एक वर्षभरी ‘सिनेमा घर गोल्ड’ मा आउने सामाग्रीहरु हेर्न पाउने सुविधा पनि दर्शकहरुलाई दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा सजिलै डाउनलोड गरी हेर्न सकिनेछ । क्रोमकास्ट प्रविधिकको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । संसारका जुनसुकै स्थानबाट ‘सिनेमा घर गोल्ड’ को ग्राहक बन्न सकिन्छ ।’

विभिन्न कारणले सिनेमा हलमा पुगेर चलचित्र हेर्न नपाउने दर्शकलाई डिजिटल माध्यमबाट नेपाली चलचित्र हेर्न लामो समय पर्खन नपरोस् भन्ने मनोभाव ‘सिनेमा घर गोल्ड’ को रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘सिनेमा घर गोल्ड’ को सार्वजनिक कार्यक्रममा अभिनेता द्वय खगेन्द्र लामिछाने र दयाहाङ राईले नेपालमा ओटीटी प्लेटफर्मको विकास हुनु राम्रो रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu