अनुरागले मनाए जन्मदिन, कलाकार, अफिसर देखी नेतासम्मको सहभागिता



कलाकार अनुराग कुँवरले शुक्रवार आफ्नो जन्मदिन मनाएका छन् । चलचित्र ‘छक्का पन्जा ३’, ‘ए मेरो हजुर २’ लगायतका चलचित्रमा काम गरेका कुँवरको जन्मदिनमा चलचित्र तथा संगीत क्षेत्रका कलाकारहरुको साथमा प्रहरीका अफिसरहरु साथै विभिन्न दलका नेताको पनि उपस्थिती रहेको थियो ।

निर शाह, हरिवंश आचार्य, गौरी मल्ल, दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, रमेश उप्रेती, विल्सन विक्रम राई, आर्यन सिग्देल, गौरव पहारी, किरण केसी, सुरेन्द्र केसी, सविन श्रेष्ठ, दिनेश डीसी लगायतका कलाकारहरु उनलाई शुभकामना दिन पुगेका थिए । उनले थोरै चलचित्रहरुमा अभिनय गरेतापनि उनि चलचित्र क्षेत्रसँग नजिक छन् ।

जन्मदिनमा चलचित्र क्षेत्रमा आफ्नो योगदा निरन्तर रहने उनले बताए । उनले चण्डोलस्थित आफ्नै हर्ष राईडिंग क्लबमा जन्मदिन बिशेष कार्यक्रम राखेका थिए । उनले बग्गीको व्यावसाय पनि गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu