‘एउटा यस्तो प्रेम कहानी’ को गीतमा शक्ति र कविताको प्रेम (भिडियो)



लामो समयदेखि दर्शकमाझ प्रतिक्षीत चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको संगीत, विश्व नेपाली र अस्मिता परियारको स्वर र सुष्मा रुपहाङ्ग राईको शब्द रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा नव-अभिनेत्री कविता मानन्धर र नव-अभिनेता शक्ति श्रेष्ठ फिचर छन् ।

कविता, अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन् भने शक्ति, अभिनेता शिव श्रेष्ठका छोरा हुन् । उनीहरुले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् । चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्कालगायतको पनि अभिनय छ । चलचित्रको निर्देशन दिपेश सापकोटाले गरेका हुन् ।

माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रको सह-निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रलाई विके फिल्मस् र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

कोरोनाका कारण ठप्प रहेको चलचित्र क्षेत्र चलायमान बनाउन आफूले चलचित्र प्रदर्शन गर्न लागेको अभिनेता श्रेष्ठले बताएका छन् । उनले भने- ‘कोरोनाका कारण ९ महिना चलचित्र क्षेत्र ठप्प भयो । बल्ल सिनेमा हलहरु खुलेका छन् । तर, हलमा नयाँ चलचित्र छैनन् । यो समयमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन दर्शकलाई मनोरञ्जनको भ्याक्सिनको रुपमा चलचित्र प्रदर्शन गर्न लागेका हौं ।’

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu