हलले पाएनन् ‘बक्स अफिस कोर्ड’



९ महिनासम्म सरकारको बाटो हेरेर बसेका हल सञ्चालकहरुले पुष १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोलेका छन् । सरकारले भने अझै सिनेमा हल खोल्न कानुनी रुपमा अनुमति दिएको छैन । सरकारले हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको हल सञ्चालकहरु भनाई छ । गएको तीन हप्तादेखि सिनेमा हलमा प्रदर्शन भइसकेका चलचित्रहरु प्रदर्शनरत छन् ।

सीसीएमसीले सरकारलाई सिनेमा हल सञ्चालनको अनुमति दिन पत्र पठाए पनि मन्त्रीपरिषद्ले यस विषयमा निर्णय गरेको छैन । हल सञ्चालकहरु सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिनेमा आशावादी रहेको अवस्थामा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई सेन्सर अनुमति नदिन र हललाई बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन दिएको छ ।

बोर्डले हल सञ्चालकहरुलाई बक्स अफिस कोर्ड उपलब्ध नगराए पनि नयाँ चलचित्रको सेन्सर रोकेको छैन । जसकारण शुक्रवारबाट मल्टीप्लेक्समा नयाँ हलिउड चलचित्र ‘मन्स्टर हन्टर’ रिलिज भएको छ । पुष १० गतेबाट प्रदर्शनरत दुई नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ लाई तेस्रो हप्तामा पनि मल्टीप्लेक्सले सोज दिएका छन् । सिंगल स्क्रिनमा पनि यी दुई नेपाली चलचित्र प्रदर्शनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu