सरकारले गर्‍यो सिनेमा हल खोल्ने निर्णय



चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा घरहरु खुलाउने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु संचालन गर्न दिने निर्णय गरेको संचार, सूचना तथा प्रविधी मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । केही दिनअघि सीसीएमसीले सिनेमा हललाई सञ्चालनको अनुमति दिन मन्त्रीपरिषद्लाई पत्र पठाएको थियो ।

९ महिनासम्म सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाएपछि गएको पुष १० गतेबाट हल व्यवसायी तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघले देशभरका सिनेमा घर खोल्ने स्वः घोषणा गरेको थियो । सरकारले अनुमति दिनुभन्दा अगावैदेखि सिनेमा घरहरु सञ्चालनमा थिए । अब सरकारले नै सिनेमा हल खुलाउने निर्णय गरेपछि हल व्यवसायीहरुलाई ठूलो राहत मिलेको छ ।

सरकारले सिनेमा हल खोल्ने निर्णय गर्नुभन्दा आघा घण्टा अगाडि अभिनेता शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान मन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेल, अर्थ मन्त्री विष्ण पौडेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङलगायतसँँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu