प्रहरी नियन्त्रणमा विन्ध्यवासिनी म्युजिकका सञ्चालक



प्रतिलिपि अधिकार हनन गरेको उजुरीका आधारमा प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लेना शर्मा रेग्मीलाई सोमवार पक्राउ गरेको छ । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकले आफ्नो प्रतिलिपि अधिकार हनन गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत रेग्मीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा रेग्मीलाई पक्राउ गरेको जानकारी दिए । रेग्मीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । केही दिनअघि गायक प्रमोद खरेललाई गालीगलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारबाहीको माग गर्दै ५७ जना गायक गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा निवेदन दिएका थिए ।

आफ्नै लगानी र कपीराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको उनीहरुको निवेदनमा उल्लेख थियो । निवेदनमा लेखिएको थियो- ‘सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट गाली गलौज, अपमानपूर्ण र अन्यायपूर्ण अभिव्यक्ति भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारबाहीको माग गर्दै निवेदनमा हस्ताक्षर गर्नेमा प्रमोद खरेलसहित लक्ष्मण शेष, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, अनन्द कार्की, दीपक वज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देललगायत थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu