शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ लाई पिजी सर्टिफिकेट



आइतवार मन्त्रीपरिषदको बैठकले सिनेमा हल खोल्न कानुनी रुपमा अनुमति दिएको छ । तर, अभिनेता शिव श्रेष्ठले भने सरकारले सिनेमा हल खोल्ने निर्णय गर्नुभन्दा अगाडि नै चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति माघ १ गतेलाई घोषणा गरेका थिए । तर, सरकारले सिनेमा हल खोल्न अनुमति नदिँदा र सञ्चार मन्त्रालयले नयाँ चलचित्रलाई सेन्सर अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएपछि यो चलचित्र रिलिज हुनेमा धेरैलाई शंका थियो ।

आइतवार मन्त्रीपरिषदको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेसँगै चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पनि सेन्सर पास भएको छ । सोमवार सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरुले चलचित्र हेरेपछि अभिनेता शिव श्रेष्ठलाई पिजी सर्टिफिकेट प्रदान गरेका थिए । अब यो चलचित्र १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ ।

दिपेश सापकोटाले निर्देशन गरेको एक्सन ड्रामामा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्कालगायतको अभिनय छ । यो चलचित्रबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu