चलचित्र निर्देशक तुलसी घिमिरेलाई सलाई डेस्टिनी प्रालिले दोश्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ । सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले निर्देशक घिमिरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिएका हुन् । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सूनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ ।

नेपाल सूनचाँदी व्यवसायी महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका सूनचाँदी पसलमा सलाइ डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ । निर्देशक घिमिरेले सलाइ डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउँदै यो कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
घिमिरे नेपाली चलचित्रका कलाकार पनि हुन् । कयैन् चलचित्रमा उम्दा अभिनय गरेका उनी पछिल्लो पटक चलचित्र ‘आप्पा’ मा देखिएका थिए । उनी निर्देशित पछिल्लो चलचित्र भने ‘दर्पण छायाँ २’ हो । तर, यो चलचित्र असफल भएपछि उनले नयाँ चलचित्र निर्देशन गरेका छैनन् । उनले एक समय ‘बासुरी, कुसुमे रुमाल, चिनो, देउता’ जस्ता एकसेएक सुपरहिट चलचित्र दिएका थिए ।




