यस्तो छ ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर (भिडियो)



माघ १ गते भोलीबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर सार्वजनिक भएको छ । दिपेश सापकोटाले निर्देशन गरेको चलचित्रको ट्रेलर संवादरहित छ । गीत र एक्सनलाई विशेष प्राथमिकता दिइएको ट्रेलरमा कुनै पनि कलाकारको संवाद समावेश गरिएको छैन । ट्रेलरमा प्रेम, रोमान्स, विछोड र रोदनलाई पनि अटाइएको छ ।

सोमवार सेन्सर पास भएको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतको अभिनय रहेको छ । यही चलचित्रबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गर्दैछन् । ट्रेलरमा उनीहरुलाई गीतमा देख्न सकिन्छ ।

चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रको सह निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । एक्सन लभस्टोरी जनरामा निर्मित यस चलचित्रलाई विके फिल्मस् र एफडी कम्पनीले देशभर वितरण गर्दैछन् । लकडाउनपछि सिनेमा हलमा प्रदर्शन हुन लागेको यो पहिलो चलचित्र हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu