सरकारले बनायो हल सञ्चालनको मापदण्ड



सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएसँगै सिनेमा हल सञ्चालन र अनुगमनको मापदण्ड बनाएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बनाएको मापदण्डमा सिनेमा घरले अनलाइनबाट टिकट विक्री गर्नुपर्ने, टिकट काउन्टरबाट टिकट विक्री गर्दा भौतिक दूरी कायम गर्नुपर्ने, दर्शकलाई हलमा प्रवेश गराउँदा अनिवार्य रुपमा तापक्रम नाप्नुपर्ने मापदण्डमा भनिएको छ ।

सूचना मन्त्रालयले जारी गरेको मापदण्डमा सिनेमा घरमा एक जोडी वा परिवारलाई सँगै बस्न दिन सक्ने तर ती सँगै जोडिएका सिट खाली राखेर टिकट विक्री गर्नुपर्ने, २ भन्दा बढी पर्दा भएका सिनेमा घरले दर्शक क्षमता बढी भएका हलमा चलचित्र प्रदर्शन गर्नुपर्ने, सिनेमा हल भित्र र बाहिर (पाकिङ, कम्पाउण्ड) दैनिक डिसइन्फेक्सन र सेनिटाइज गर्नुपर्ने मापदण्डले निर्देशित गरेको छ ।

सिनेमा हलले मापदण्डको पालना गरे वा नगरेको बिषयमा अनुगमन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अनुमगन तथा निर्देशन समिति पनि बनाएका छ । सूचना मन्त्रालयका सह-सचिवको संयोजकत्वमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा सदस्य र सूचना मन्त्रालय, संस्थान समन्वय शाखाका उपसचिवले सिनेमा हलको अनुगमन गर्ने १९ बुँदे मापदण्डमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu