‘भ्वाइस अफ नेपाल ३’ को कोचमा आस्थाको ठाउँमा तृष्णा



गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को सिजन ३ मा एक जना कोच परिवर्तन गरिएको छ । सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा अनुवन्धित गरिएको हो । आज आयोजित पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो ।

‘दि भ्वाइस अफ नेपाल’ को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट बेष्ट दिन आफूले कुनै कसर बाँकी नराख्ने तृष्णाले बताइन् । ‘दि भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतीमै शो छाडेको बताए । यसमा अन्य कुनै कारण नभएको पौडेलको भनाई छ ।

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ । शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । ‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यसपटक झनै उत्कृष्ट रुपमा आफूलाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताए ।

बुधवार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजन र विज्ञापन दाताहरुविच हस्ताक्षर कार्यक्रम पनि सम्पन्न भएको छ । ‘दि भ्वाइस अफ नेपाल’लाई ओप्पोले प्रस्तुत गर्नेछ । हिमालय टेलिभिजनका प्रमुख धर्मराज भुषाल र कार्यकारी निर्देशक श्याम कँडेलले ‘दि भ्वाइस अफ नेपाल’का स्पोन्सरसँग संझौता साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu