प्रतिमा मैनालीसँग बिहे गर्दै सुशील



अभिनेता सुशील सिटौला विवाह बन्धनमा बाँधिने भएका छन् । चलचित्र ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका उनले आउँदो फागुन ४ गते दमककी प्रतिमा मैनालीसँग विवाह गर्न लागेका हुन् । माघ २ गते उनीहरुको टिकाटालो भएको थियो । विवाह भने विर्तामोडमा हुने सुशीलले जानकारी दिए । माघ १६ गते जन्मदिन मनाउने तयारीमा रहेका उनले मागी विवाह गर्न लागेका हुन् ।

विवाहका लागि परिवारको दबाब र उमेर पनि भएका कारण विवाह गर्न लागेको सुशीलले बताए । उनले भने- ‘कति करिअरलाई मात्र फोकस गर्ने भनेर विवाह गर्न लागेको हुँ । विवाहपछि पनि अभिनयलाई निरन्तरता दिनेछु । मैले जानेको नै अभिनय गर्न हो । त्यसैले यसबाट टाढा हुनै सक्दिनँ ।’ अभिनयमा पोख्त मानिने उनी पहिलो चलचित्र ‘होस्टेल रिर्टन्स’ बाटै चर्चामा आएका थिए ।

‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले, गाँजाबाजा, चिनी कम रंग कडा, रणवीर’ लगायतका चलचित्रमा काम गरिसकेका सुशील ‘रणवीर’ मा एक्सन अवतारमा प्रस्तुत भएका थिए । यसमा उनको अभिनय र एक्सनको निकै प्रशंसा भएको थियो । यो चलचित्रका लागि उनले १५ केजी तौल बढाएर पुनः घटाएका थिए । तर, चलचित्र बक्सअफिसमा असफल भएपछि उनले नयाँ चलचित्र गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu