‘हिमानी’ बनाउँदै माधव वाग्ले



स्क्रिप्ट हेरफेर गरेको भन्दै ३० लाख रुपैयाँ बुझेर चलचित्र ‘पारस’ को सम्पूर्ण स्वामित्व अभिनेता तथा निर्माता भुवन केसीलाई दिएसँगै निर्माता माधव वाग्ले नयाँ चलचित्रको तयारीमा जुटेका छन् । गएको पुष १० गते उनले चलचित्र विकास बोर्डमा नयाँ चलचित्र दर्ता गरेका छन् । उनले बोर्डमा दर्ता गरेको चलचित्रको नाम हो- ‘हिमानी’ । चलचित्रलाई उनी आफैंले निर्माण र निर्देशन गर्नेछन् ।

चलचित्र विकास बोर्डबाट चलचित्र निर्माणको इजाजत लिनका लागि ब्यानर, निर्देशक, निर्माता, कलाकार, भाषा, लागत, मोबाइल नम्बरलगायत उल्लेख गर्नुपर्ने हुन्छ । निर्माता वाग्लेले ‘हिमानी’ नाम आफ्नै प्रोडक्सन हाउस प्रिन्सेस मुभिजको ब्यानरमा दर्ता गरेका छन् । ९० लाखमा निर्माण हुने भनिएको चलचित्रको कलाकारमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र अर्पण थापाको नाम उल्लेख छ ।

निर्माता वाग्लेले बोर्डमा ‘पारस’ दर्ता गर्दा पनि कलाकारमा निश्चलको नाम लेखाएका थिए । किनकि, उनीहरुबीच विश्वासको सम्बन्ध छ । पहिलो पटक चलचित्र ‘लुट’ मा उनीहरुबीच सहकार्य भएको थियो । बोर्डमा चलचित्र दर्ता गर्नका लागि मात्र निश्चल, स्वस्तिमा र अर्पणको नाम लेखिएको हो वा ‘हिमानी’ मा उनीहरुको अभिनय नै रहन्छ ? यसबारेमा निर्माता वाग्लेले कुनै जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu