पुष्पले ‘सुदूर’ गर्ने सम्भावना कति ?



पुष अन्तिममा इलामबाट चलचित्र ‘कृष्ण लीला’ को छायांकन पूरा गरेर काठमाडौं फिरेका अभिनेता पुष्प खड्का एक हप्तादेखि नयाँ चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकनमा व्यस्त छन् । यसमा उनको जोडी अहिलेकी ‘हटकेक’ अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिएको छ । केही प्रतिशत अमेरिकामा छायांकन हुने चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरिरहेका छन् ।

यो चलचित्रपछि उनी ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टको चलचित्र गर्ने तयारीमा थिए । एक्सन जनरामा निर्माण हुने चलचित्रका लागि उनले ६ महिनाको एक्सन तालिम लिनुपर्नेछ । तर, यो चलचित्रभन्दा पहिला पुष्पले रमेश बुढाथोकीको चलचित्र ‘सुदूर’ गर्ने सम्भावना प्रवल छ । उनलाई चलचित्रको स्क्रिप्ट र भूमिका मन परेको छ तर निर्माण टिमसँग कागजी सम्झौता भने भएको छैन ।

‘लकडाउनकै समयमा चलचित्रको वान लाइन स्टोरी सुनेको थिएँ । फाइनल स्क्रिप्ट पढेपछि मात्र चलचित्र गर्ने वा नगर्ने विषयमा निधो गर्नेछु । मलाई सुनाउनुभएको क्यारेक्टर मन परेको छ । मौखिक रुपमा चलचित्र गर्ने सहमति पनि भएको छ,’ पुष्पले भने । स्क्रिप्टको क्यारेक्टरले आफूलाई लोभ्याएको उनी बताउँछन् । आफूलाई यसप्रकारको भूमिका निभाउन मनपर्ने पनि उनले बताए ।

दुर्गम क्षेत्र जुम्लामा छायांकन हुने चलचित्रका लागि मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्ध भइसकेकी छन् । सयौं नेपाली चलचित्रमा अभिनय गरिसकेका रमेश बुढाथोकी लामो समयपछि चलचित्र निर्देशनमा फर्किन लागेका हुन् । यसअघि उनले ‘बाबु साहेब, फेरि तिम्रो याद आयो, मोहनी, जुन तारा, अप्सरा, जीवन मृत्यु’ लगायतका थुप्रै चलचित्रको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu