‘सुनकेसरी’ डिजास्टर भएको थियो : ऋचा शर्मा



भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी ऋचा शर्माले निर्माण र अभिनय गरेको हरर चलचित्र ‘सुनकेसरी’ २०७५ सालमा प्रदर्शनमा आएको थियो । चलचित्रले रिलिजको पाँच दिनमा १ करोड ४ लाख कमाएको भन्दै सिनेमा हलमै केक काटेर खुसीयाली मनाइएको थियो । तर, ऋचा शर्माले विदेशमा चलचित्र बेच्नका लागि केक काटेर हिटको झ्याली पिटेको भन्दै आलोचना भएको थियो ।

अर्पण थापा निर्देशित यो चलचित्र हरर जनरामा निर्माण भएको थियो । तर, चलचित्र हेरेपछि दर्शक हाँसेर फर्किए । डराउने सिनमा समेत दर्शकले हाँसो रोक्न सकेका थिएनन् । अन्ततः चलचित्रले सिनेमा हलमा घुँडा टेक्यो । अर्थात् फ्लप भयो । प्रदर्शन अगावै यो चलचित्रको दोस्रो पार्ट बनाउने घोषणा गरेकी ऋचाले अहिलेसम्म मिडियासामु ‘सुनकेसरी’ फ्लप भएको नै स्वीकार गरेकी छैनन् ।

सोमवार इन्स्टाग्राममा एक प्रशंसकको प्रश्नको जवाफ दिने क्रममा भने उनले चलचित्र डिजास्टर भएको स्वीकार गरेकी छन् । ‘सुनकेसरी’ ले हरर चलचित्रलाई न्याय गरेको छ ? भन्ने प्रशंसकको प्रश्नमा उनले लेखेकी छन्, ‘अहँ, थिएन । यो भिन्न चलचित्र हुन सक्छ । हरर शैलीमा एक गेम चेन्जर । तर, डिजास्टर भयो ।’ उनले ‘सुनकेसरी’ लाई हरर जनरामा एक गेम चेन्जर मानेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu