‘छ माया छपक्कै’ यूट्युबमा सार्वजनिक



पाइरेसीको कपी दर्शकको मोबाइलमा पुग्न थालेपछि बुधवार दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ यूट्युबमा सार्वजनिक गरिएको छ । आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको चलचित्रले बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको थियो । रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रमा दीपक-दीपा समुहले मुनाफाको ६० प्रतिशत लिने सर्तमा काम गरेका थिए ।

यूट्युब रिलिजको ६ घण्टामा २८ हजार भ्यूज पाएको चलचित्रलाई १५ सय लाइक्स र डेढ सय बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्स निहाल्ने हो भने चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्रले उठाएको विषयवस्तु अहिलेको राजनीतिक अवस्थासँग मिल्दोजुल्दो रहेको दर्शक प्रतिक्रिया छ । त्यस्तै, केदार घिमिरे र केकी अधिकारीको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको छ ।

हरी हुमागाईंले खिचेको चलचित्रमा राजनीतिक द्वन्द्वको बीचमा पलाएको प्रेम र प्रेमले राजनीतिमा पारेको प्रभावलाई देखाइएकोे छ । राजनीतिक पृष्ठभूमिसँग जोडेर प्रेम र हास्य रस पस्किएको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शरदा गिरी, विष्णु सापकोटा, अनुराग कुँवर, स्व. दीपक क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्र हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu