‘सत्यम्’ मा राजेश हमाल



चार वर्षदेखि चलचित्र अभिनयबाट टाढा रहेका अभिनेता राजेश हमालले नयाँ चलचित्र साइन गरेका छन् । उनले यसै हप्ता चलचित्र ‘सत्यम्’ साइन गरेका हुन् । निर्माण टिमसँग ८ महिना लामो छलफलपछि उनी यो चलचित्र गर्न तयार भएका हुन् । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्रमा हमालको भूमिका शक्तिशाली रहेको जानकारी प्राप्त छ ।

चलचित्रमा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुप विक्रम शाही पनि अनुबन्ध भएका छन् । चलचित्रमा उनी भिलेनको रुपमा प्रस्तुत हुनेछन् । यसअघि चलचित्र ‘सौर्य’ मा एकसाथ काम गरेका हमाल र शाहीको ‘सत्यम्’ मा भिडन्त हेर्न पाइनेछ । चलचित्रका लागि अहिले दुवैले आफ्नो लुक्स परिवर्तनमा मेहनत गरिरहेका छन् । चलचित्रले नेपाली समाजभित्रको एक नायकको कथा भन्नेछ ।

चलचित्रका लागि अहिलेका एक चल्तीका नायक-नायिका पनि लिने निर्माण टिमको तयारी छ । बाँकी कलाकार भने अडिसनबाट छानिनेछ । यो चलचित्रको लकडाउनको समयमा सामाजिक सञ्जालबाट निर्माण घोषणा गरिएको थियो । यसबेलादेखि निर्माण टिम राजेश हमालसँग छलफलमा थियो । उनले स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेपछि ४ वर्षपछि चलचित्रमा फर्किने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu