नयाँ हुन सिक्दै स्वस्तिमा



चलचित्र ‘बुलबुल’ को समीक्षात्मक सफलतापछि अभिनेत्री स्वस्तिमा खड्कालाई कमर्शियलसँगै आर्ट चलचित्रबाट समेत प्रस्ताव आउन थालेको छ । चाँडै नयाँ चलचित्र ‘चिसो मान्छे’ मा काम गर्न लागेकी उनी पहिलो पटक नाटकमा समेत अभिनय गर्ने तयारीमा छिन् । १५ वर्ष अगाडि प्रकाशन भएको कृति ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा उनले अभिनय गर्न लागेकी हुन् ।

यसमा उनले पल्पसाको भूमिका निर्वाह गर्दैछिन् । नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन् भने सुरज सुवेदीले नाट्य रुपान्तरण गरेका हुन् । नाटकलाई आउँदो बैशाखमा मञ्चन गर्ने तयारी गरिएको छ । स्वस्तिमा नाटकबाट नयाँ कुरा सिक्ने पाउने र यसबाट सिकेको ज्ञानलाई फिल्मको पर्दामा प्रस्तुत गर्न सघाउनेमा विश्वस्त छिन् । अहिले उनी नाटकका लागि वर्कसप गरिरहेकी छन् ।

उनले शुक्रवार आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै फिल्मकी स्वस्तिमा नाटककी स्वस्तिमा हुन सिकिरहेको बताएकी छन् । उनी लेखेकी छन्, ‘उपन्यासकी पल्पसा नाटककी पल्पसा हुन सिक्दैछिन्, फिल्मकी स्वस्तिमा नाटककी स्वस्तिमा हुन सिक्दैछिन् । हामी एकअर्काबाट नयाँ हुन सिक्दै छौँ । नयाँ जिम्मेवारी निभाउन सिक्दैछौँ । तपाईं हाम्रो भेट चाँडै थिएटरमा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu