चलचित्र द्वन्द संघमा नयाँ कार्यसमिति



नेपाली चलचित्रका द्वन्द कलाकार तथा निर्देशकहरुको छाता संस्था नेपाल चलचित्र द्वन्द संघले नयाँ नेतृत्व पाएको छ । शनिवार काठमाडौैं ठमेलस्थित ज्याथामा भएको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको अध्यक्षमा सर्वसम्मतबाट नारायण प्रधान चयन भएका छन् । उनी नेपाल व्याम मन्दिरका अध्यक्ष समेत हुन् ।

त्यस्तै, प्रथम उपाध्यक्षमा रेवन्त विक्रम थापा, दृतिय उपाध्यक्षमा रोशन गुरुङ, महासचिव पुण्य प्रसाद ओझा र कोषाध्यक्षमा रुका लामा निर्विरोध चयन हुँदा केन्द्रीय सदस्यतर्फ दीलिप श्रेष्ठ, लक्ष्मी कुमारी दाहाल (किरण), रविन्द्र खड्का, सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा छानिएका छन् । नयाँ कार्यसमितिले अबको २ वर्ष द्वन्द संघ हाँक्नेछ ।

संघका निवर्तमान अध्यक्ष सूर्य थोकरले आफ्नो दुई वर्षको कार्यकाल सफल रहेको दाबी गरे । ‘अघिल्ला कार्यसमितिभन्दा मेरो कार्यकालमा धेरै नै राम्रो काम भएको छ । फिल्म सम्बन्धि विभिन्न संघ संस्थासँग हातेमालो गरेर संघका लागि महत्त्वपूर्ण कामहरु भएका छन् । म आफ्नो कार्यकाल सफल भएको मान्छु,’ उनले भने । चलचित्र द्वन्द संघको स्थापना कलाकार राजेन्द्र खड्गीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu