चलचित्र निर्देशक राजबहादुर साने निर्देशित वब सिरिज ‘कलेज लभ’ को ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’ युट्युवमा केके प्रोडक्शन हाउसमार्फत ल्याइने छ । ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम, करिअरप्रतिको चिन्तालगायतका विषय प्रस्तुत गरिएको छ ।
वेब सिरिजमा सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिशिर राणा, नवीन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, विवश थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, बिष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।
कुमार केसीको प्रस्तुत रहेको वेब सिरिजलाई दिब्य सुवेदी र बीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका हुन् । लेखक समेत रहेका निर्देशक साने ‘कलेज लभ’ ले कलेज युवा युवतीको सोच, शैली, प्रेमप्रतिको आशक्ति तथा करिअरप्रतिको चिन्तनलगायतका विभिन्न विषयलाई मनोरञ्नात्मक तवरले एकिकृत रुपमा प्रस्तुत हुने दावी गरेका छन् ।
ट्रेलर :-