विस्तार भयो महासंघको ‘चलचित्र तथा मनोरञ्जन फोरम’



चलचित्र निर्देशन तथा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठित ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार भएको छ । बुधवार महासंघको भवनमा आयोजित एक कार्यक्रमका बीच फोरमको सह-सभापतिमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगरलाई चयन गरिएको छ ।

फोरमको सदस्यतर्फ नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्र कुमार रिजाल शशी, नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, फिल्म निर्देशक मदन घिमिरे, चलचित्र निर्माता संघका सचिव अविराज ओझा, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाज नेपालका निर्वतमान अध्यक्ष तुलसी पराजुली चयन भएका छन् ।

त्यस्तै, नव-गठित फोरमको आमन्त्रित सदस्यहरुमा सुभाष भण्डारी, केदार घिमिरे, रक्षा सिंह राणा, इन्दिरा जोशी, नीता ढुंगाना, पवित्रा आचार्य, मन्जु पौडेल, दिनेश पाख्रिन, रचना श्रेष्ठ, प्रदीप श्रेष्ठ, सामिप्य तिमल्सिना, धमेन्द्र आचार्य, दिप्त प्रकाश अधिकारी, अमृत खड्का, शिव पुरी, खुशल रेग्मी, लोकराज अधिकारी, मेघराज मगराती, सुशान्त कुमार श्रेष्ठ, राजन श्रेष्ठ रहेका छन् ।

फोरमको सल्लाहकारमा भने कलाकार नीर शाह, चिकित्सक भोला रिजाल, फिल्म निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्व कार्यकारिणी सदस्य कमला श्रेष्ठ र प्रेमराज्य लक्ष्मी सिंह नियुक्त भएका छन् । फोरम विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले चलचित्र र गीत संगीत उद्योगले आयात गर्ने उपकरणहरुमा राज्यले विशेष छुट दिनुपर्ने बताए ।

उक्त कार्यक्रमपछि आकाश अधिकारीको अध्यक्षमा बसेको बैठकले चलचित्र तथा गीत संगीत क्षेत्रको विकासमा सरकारले दिनुपर्ने सहयोग लगायतका विषयमा सुझाव संकलन गरी सरकारमा पेश गर्ने, विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत सम्बन्धित देशहरुमा चलचित्र, गीत संगीतको प्रवद्र्धन, रोयल्टी तथा कपीराइट संरक्षण लगायतका विषयमा काम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu