एक महिना पछाडि सर्‍यो ‘लप्पन छप्पन २’



आउँदो फागुन २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शन मिति एक महिना पछाडि सरेको छ । पोस्ट प्रोडक्सनको काम सकिन समय लाग्ने भएपछि निर्माण टिमले आउँदो चैत २७ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । अब यो चलचित्रको बक्सअफिसमा चलचित्र ‘मनसँग मन’ सँग भिडन्त हुनेछ । यो मितिमा चलचित्र ‘कृष्ण लीला’ पनि आउने चर्चा छ ।

निर्देशक मुकुन भट्टले भिएफएक्स लगायतका काम नसकिएका कारण प्रदर्शन मिति सार्नु परेको बताए । उनले फागुनमा चलचित्र रिलिज गर्ने जोखिम उठाउन नसकेको पनि स्वीकार गरेका छन् । उनले भने- ‘शिवरात्रीमा सोचेको जस्तो होला वा नहोला भनेर पनि प्रदर्शन पछाडि सरेका हौं । चलचित्रमा लगानी ठूलो छ । चलचित्र रिलिज गर्दै गर्दा निर्माताको कोणबाट पनि सोच्नुपर्ने हुन्छ ।’

एक्सन जनरामा निर्माण भएको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् ।

पुरुषोत्तम प्रधानले खिचेको चलचित्रको पटकथा र संवाद मुकुन्द भट्ट र सुनिल नेउरेले तयार पारेका हुन् भने पटकथामा अमित शर्माले पनि सघाएका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दीलिप ओकेडाको कोरियोग्राफी र हिमाल केसी/मुकुन्द भट्टको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu