यूट्युबमा सार्वजनिक भयो ‘आमा’



दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ यूट्युबमा सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बुढासुब्बा डिजिटलको आधिकारिक युट्यूव च्यानलमार्फत चलचित्र सार्वजनिक गरेको हो । यूट्युबमा सार्वजनिक भएसँगै चलचित्रलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । चलचित्रको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले प्रशंसा गरेका छन् ।

चलचित्रमा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्तले मनछुने अभिनय गरेका छन् । चलचित्रमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ । यो चलचित्रका लेखन तथा छायाँकार पनि निर्देशक खनाल आफैं हुन् । सर्मिला पाण्डेले चलचित्रको निर्माण गरेकी हुन् ।

चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । सुभाष भुषालको संगीत रहेको चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । काठमाण्डौ र रामेछापमा छायांकन भएको चलचित्रका सह–निर्मातामा सन्तोष अधिकारी छन् । यो चलचित्र पाइरेसीको शिकार भएपछि हतारमा यूट्युबमा सार्वजनिक गरिएको हो ।

चलचित्र हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu