‘बिहे पास’ मा दयाहाङ र प्रकृति



निर्देशक प्रवेश पौडेलले समाजिक विषयवस्तुमाथि आधारित भएर नयाँ चलचित्र ‘बिहे पास’ निर्देशन गर्ने भएका छन् । यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका उनले ‘बिहे पास’ मा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह-निर्माता ग्याल्जेन लामा छन् ।

आगामी चैत्र पहिलो साताबाट सुटिङ सुरु हुने चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका हुन् भने पटकथा आकाश बराल र सजन काफ्लेको हो । तराई भेगमा सम्पूर्ण छायांकन हुने चलचित्रका अन्य कलाकार तथा प्राविधिकको चयन बाँकी रहेको निर्देशक पौडेलले जानकारी दिए । पहिलो पटक दयाहाङ र प्रकृतिले चलचित्रमा स्क्रिन शेयर गर्न लागेको हुन् ।

एक समय म्यूजिक भिडियोमा भ्याइनभ्याइ हुने गरेकी प्रकृति विवाहपछि भने रंगिन दुनियाँबाट पूर्ण रुपमा टाढा थिइन् । उनी लामो समयदेखि श्रीमानसँगै अष्ट्रेलिया बस्दै आएकी छन् । विवाहपछि अफर आएका चलचित्र समेत अस्वीकार गरेकी उनले अब भने दयाहाङसँग जोडी बाँध्दै अभिनयमा फर्किने भएकी छन् । उनको कमब्याकले दर्शकलाई खुसी तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu