१७ महिनामै टुट्यो वर्षा र सविनको प्रेम



कलाकारको प्रेम र ब्रेकअपको खबरले बेला बखतमा चलचित्र क्षेत्र निकै तात्ने गरेको छ । अभिनेत्री साम्राज्ञी आरएल शाहको देवांश राणासँग ब्रेकअपको खबर सेलाउन नपाउँदै अभिनेत्री वर्षा सिवाकोटीको पनि सविन जंग थापासँग ब्रेकअप भएको छ । १७ महिनामा नै उनीहरुको प्रेम सम्बन्धमा पूर्ण विराम लागेको हो । वर्षासँग ब्रेकअप भएको सविन आफैंले खुलासा गरेका छन् ।

उनले शुक्रवार साँझ आफ्नो इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई धोका दिएको बताएका छन् । वर्षासँग अमेरिकामा विभिन्न स्थानमा खिचिएका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अप्ठ्यारो समयमा साथ दिनुको सट्टा छोडेर गएको भन्दै गुनासो पनि गरेका छन् । यद्यपि, उनले १७ महिनाको अवधिमा वर्षासँग विताएको समय असल रहेको उल्लेख गरेका छन् ।

सविनले लेखेका छन्, ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो । हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं । हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं । तर, तिमीले मेरो संघर्षको समयमा मलाई छोडेर गयौ ।’ उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन् । सविन अमेरिकामा बस्ने गरेका छन् ।

गत वर्षको दशैंबाट वर्षा र सविनबीच प्रेम अंकुराएको थियो । यस वर्षको दशैं मनाएर वर्षा सविनलाई भेट्न पुनः अमेरिका पुगेकी थिइन् । यसपटक भने उनले सामाजिक सञ्जालको माध्यमबाट खुलेरै प्रेम सम्बन्ध व्यक्त गरिन् । उनले अबको दुई वर्षभित्र विवाह गर्ने तयारी भएको समेत बताएकी थिएन् । तर, अब उनीहरुको प्रेम राम्रोसँग फक्रिन नपाउँदै मुर्झाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu