‘चिसो मान्छे’ का लागि बाजुराको भाषा सिक्दै स्वस्तिमा



नारायण वाग्लेद्वारा लिखित पुस्तक ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा काम गर्न लागेको अभिनेत्रेी स्वस्तिमा खड्काले योभन्दा अगाडि दीपेन्द्र के. खनालले निर्देशन गर्ने चलचित्र ‘चिसो मान्छे’ मा काम गर्ने तयारीमा छिन् । यसमा उनी अहिलेसम्मकै फरक भूमिकामा देखिँदैछिन् । बाजुराकी एक महिलाको भूमिकामा देखिन लागेकी उनी यसका लागि भाषा र लवज सिकिरहेकी छन् ।

लकडाउनमा निर्देशक खनालले स्वस्तिमालाई चलचित्रको फस्ट ड्राफ दिएका थिए । त्यसबेलादेखि नै उनले पुस्तकदेखि यूट्युबमा भिडियो हेरेर सुदूर पश्चिम (बाजुरा) मा बोलिने भाषा, लवज, रितिरवाज, चालचलन, कला, संस्कृतिको बारेमा सिक्दै र जानकारी लिँदै आएकी थिइन् । एक हप्तादेखि भने बाजुराकी एक महिलाले उनलाई त्यस ठाउँको भाषा र लवज सिकाइरहेकी छन् ।

निर्देशक खनालले भने- ‘पहिलो चरणमा हामी काठमाडौंमा बसेर सुदूर पश्चिममा बोलिने भाषा र त्यसको इतिहासबारे बुझ्ने प्रयास गर्दैछौं । अहिले यहाँ पढाई जस्तो भइरहेको छ । यसपछि भने हामी बाजुरा नै जानेछौं ।’ स्वस्तिमाले केही दिनमा नै बाजुरामा बोलिने भाषा दुरुस्तै बोल्न थालेको उनले बताए । चलचित्रमा स्वस्तिमाले बाजुराकी विवाहित महिलाको भूमिका निर्वाह गर्नेछिन् ।

यात्रा संस्मरण भनिएको चलचित्रले लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा वाचन गर्नेछ । निर्देशक खनालकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई उनी आफैंले खिच्दैछन् । शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रलाई अर्को वर्षको भदौ ११ गते प्रदर्शन गरिँदैछ । चलचित्रमा अर्पण थापा र देशभक्त खनालको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu