मुस्ताङमा ‘ब्ल्याक नर्सिसस’ को छायांकन



विश्वव्यापी चर्चा बटुलिरहेको हलिउड चलचित्र ‘ब्ल्याक नर्सिसस’ को नेपाल प्रिमियर गरिएको छ । शनिवार चलचित्र विकास बोर्डको सभा हलमा चलचित्रको प्रिमियर गरिएको हो । नेपालको मुस्ताङमा खिचिएको चलचित्रमा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री डायना रिग, ‘क्वान्टम अफ सोलेस’ की अभिनेत्री जेमा आर्टेटोन, ‘गेम अफ थ्रोन्स’ अभिनेत्री एसलिङ फ्रान्सिकोइ लगायतले अभिनय गरेका छन् ।

बेलायतको एफ एक्स र बिबिसी वनले निर्माण गरेको चलचित्रमा सविन बस्नेत, दीपिका कुँवर, दीलिप राईलगायतका नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । अमेरिका र बेलायतमा रिलिज भइसकेको यो चलचित्रको आधाभन्दा बढी छायांकन मुस्ताङको नौरीकोट र मुक्तिनाथ क्षेत्रमा गरिएको छ । यसका लागि गत वर्ष निर्माण टिम मुस्ताङमा तीन हप्ता बसेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा खिचिएको स्थानलाई लिएर चर्चा गरिरहेको छ । १९३९ मा रुमेर गोडेनद्धारा लिखित उपन्यास ‘ब्ल्याक नर्सिसस’ मा चलचित्र बनेको थियो र यसले दुई विधामा अस्कर अवार्ड पनि जितेको थियो । बिबिसीले यसैको रिमेक बनाएको हो । सन् १९३४ को पृष्ठभूमिमा बनेको चलचित्रले स्कुल बनाउने उद्देश्यले नेपाल आएका क्याथोलिक ननको कथा भन्छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu