‘सिनेमा घर गोल्ड’ ले ल्यायो क्यासब्याक अफर



अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समुहले सुरु गरेको ओटीटी प्लेटफर्म ‘सिनेमा घर गोल्ड’ एपमा चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्नका लागि इसेवाबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ । यो एपमा उपलब्ध जुनसुकै सामाग्री हेर्नका लागि इसेवाबाट भुक्तानी गर्दा दर्शकले १० प्रतिशत क्यासब्याक पाउने एपका सञ्चालक खगेन्द्रले बताए ।

हाल यो एपमा ‘डमरुको डन्डिबियो, मंगलम, बबी, ब्लाइन्ड रक्स, रोमियो एन्ड मुना, कोहलपुर एक्सप्रेस, सरौंतो, कागजपत्र’ चलचित्र हेर्न सकिन्छ । ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा डाउनलोड गरी हेर्न सकिनेछ भने क्रोमकास्ट प्रविधिकको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ ।

सिनेमा हलमा पुगेर नेपाली चलचित्र हेर्न नपाउने दर्शकलाई चलचित्र हेर्न लामो समय पर्खन नपरोस् भन्ने मनोभाव ‘सिनेमा घर गोल्ड’ को रहेको सञ्चालक खरेलले बताए । उनका अनुसार, यो एपमा ५ सय तिरेर वर्षभरी र एउटा टिकटमा १८ वटासम्म चलचित्र हेर्न पाइनेछ । १० प्रतिशत क्यासब्याकको अफरले ‘सिनेमा घर गोल्ड’ प्रति दर्शकको आकर्षण बढ्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu