करिश्माले ‘बनवास’ बनाउँदै, मुख्य भूमिकामा कविता



सदावहार अभिनेत्री करिश्मा मानन्धरले नयाँ चलचित्र निर्माण गर्ने भएकी छन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धरलाई लिएर चलचित्र ‘बनवास’ बनाउन लागेकी हुन् । आइतवार साँझ फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको निर्माण घोषणा गरेकी हुन् । चलचित्रले परिवार र सम्बन्धको कथा वाचन गर्ने पनि उनले जानकारी दिएकी छन् ।

पोस्टरमा उल्लेख भए अनुसार चलचित्रले पिता र छोरीको सम्बन्धको कथा भन्नेछ । छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने पिताको भूमिकामा अभिनेता सरोज खनाल अनुबन्ध भएका छन् । खनालले चलचित्रको कथावस्तु र आफ्नो भूमिका असाध्धै मन परेका कारण काम गर्नका लागि स्वीकृति जनाएको ठूलो पर्दालाई बताए । चलचित्रको कथा सुशील क्षेत्रीले तयार पारेका हुन् ।

चलचित्रलाई करिश्मा आफैंले निर्देशन गर्न लागेको चर्चा छ । तर, यसबारेमा उनले कुनै जानकारी दिएकी छैनन् । करिश्माकी छोरी कविताले यही माघ १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । अब घरकै फिल्म ‘बनवास’ मा उनले मुख्य भूमिका निर्वाह गर्ने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu