‘आमा’ लाई यूट्युबमा उत्कृष्ट प्रतिक्रिया



गत वर्ष प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ ले सिनेमा हलमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो । समीक्षकले पनि चलचित्रलाई अब्बल भनेका थिए । बक्सअफिसमा सफल ठहरिएको यो चलचित्र तीन दिन अगाडि यूट्युबमा सार्वजनिक भयो । हलमा चलचित्र हेरेका दर्शकले जुन खालको प्रतिक्रिया दिएका थिए, यूट्युबमा त्योभन्दा उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

मिथिला शर्मा र सुरक्षा पन्तको अभिनयसँगै चलचित्रको कथावस्तुलाई दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । विशेषगरी चलचित्रले विदेश बस्ने नेपालीलाई छोएको छ । यूट्युब रिलिजको तीन दिनमा १६ लाखभन्दा बढी भ्यूज पाएको चलचित्रलाई ५४ हजार लाइक्स प्राप्त छ । साढे चार हजार बढी कमेन्टमा अधिकांशले चलचित्रको प्रशंसामा शब्द खर्चिएका छन् ।

निजी अस्पतालमा उपचारको बहानामा घुमाएर हुने लुट प्रवृत्ति, बिरामीको आफन्तको बाध्यता र समाजबाट लोप हुँदै गएको मानवतालाई निर्देशक खनालले मनछुने ढंगबाट देखाएका छन् ।
यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको चलचित्रमा मिथिला र सुरक्षासँगै देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतको अभिनय छ । शर्मिला पाण्डेले चलचित्रको निर्माण गरेकी हुन् ।

चलचित्र हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu