‘साङ्लो’ पछि भोजपुरी चलचित्रमा फर्किए विराज



एक समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो बलियो पकड बनाएका अभिनेता विराज भट्टले चार वर्षपछि ‘साङ्लो’ मार्फत नेपाली चलचित्रमा कमब्याक गरे । यो चलचित्र गत वर्ष प्रदर्शनमा आएको थियो । उनको आफ्नै निर्माण, निर्देशन र अभिनय रहेको चलचित्रले प्रदर्शनको दुई दिन बक्सअफिसमा राम्रो पैसा छाप्यो । अब नेपाली चलचित्रलाई निरन्तरता दिने बताएका विराज पुनः भोजपुरी चलचित्रमा फर्किएका छन् ।

अहिले उनी बनारसमा एकै सेड्युलमा दुई चलचित्र ‘क्रोध’ र ‘दिया बात्ती’ को छायांकन गरिरहेका छन् । उनले पहिलेको जस्तै जोश र जाँगरमा काम गरिरहेको बताएका छन् । सन्तोष मिश्राले निर्देशन गरिरहेको ‘क्रोध’ मा विराजको अपोजिटमा अनुराधा र धिरेन्द्र कुमार झा निर्देशक रहेको ‘दिया बात्ती’ मा ऋचा दीक्षित छन् । चलचित्र छायांकनको समयमा विराजलाई हेर्न र उनीसँग सेल्फी खिच्न दर्शकहरुको ठूलो भीड लाग्ने गरेको बताइएको छ ।

‘साङ्लो’ रिलिजको दुई महिनामा कोरोनाका कारण देश लकडाउन भएपछि विराज करीब ९ महिना परिवारसँग नेपालमा नै बसेका थिए । यो समयमा उनले ‘साङ्लो २’ को तयारी गरेको जानकारी प्राप्त छ । साइन गरेका भोजपुरी चलचित्रको छायांकन पूरा गरेपछि उनी यो चलचित्रको निर्माणमा जुट्ने बुझिएको छ । उनले ‘साङ्लो’ रिलिज लगत्तै यसको सिक्वेल निर्माण हुनसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu