दृष्य लाउन्जको एनिभर्सरी, दीपक-दीपक र केकीले काटे केक



एक वर्ष अगाडि काठमाडौंको बानेश्वरस्थित आइप्लेस मलको सबैभन्दा माथिल्लो तल्लामा सञ्चालनमा आएको दृष्य लाउन्जले पहिलो एनिभर्सरी मनाएको छ । सोमवार साँझ एक कार्यक्रमका बीच कलाकार दीपकराज गिरी, ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी, कलाकार निर्मल शर्माले केक काट्दै दृष्य लाउन्जको एनिभर्सरी सेलिब्रेसन गरे ।

केट काटेपछि दीपक-दीपा र केकीले चलचित्र ‘छक्का पञ्जा ३’ मा समावेश चर्चित गीत ‘पहिलो नम्बरमा’ मा ठुम्का लगाएका थिए । यो लाउन्जको उद्घाटन समेत गरेका दीपकराजले नेपालमा यस प्रकारका लाउन्जहरु बढ्दै गएकोमा खुसी व्यक्त गरे । दृष्य लाउन्जले राम्रो गरिरहेको र आफू पनि आइरहने उनले बताए । दीपा र केकीले पनि लाउन्जको सफलताको शुभकामना दिए ।

दृष्य लाउन्जले एक पटकमा १ सय २० जनाभन्दा बढी गाह्रकलाई सेवा दिन सक्ने सञ्चालकले बताएका छन् । हरेक साँझ लाउन्जमा आउने अतिथीलाई मनोरञ्जनका लागि लाइभ ब्यान्ड र देश तथा विदेशमा हुने खेल प्रत्यक्ष देखाउन एलइडी स्क्रिन समेत राखिएको छ । यो लाउन्ज आइप्लेक्स मलको ८ र ९औं तल्लामा छ । दृश्य लाउन्जबाट राजधानीको सुन्दरता निहाल्न सकिन्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu