फागुन २१ मा ‘गोर्खे’



गएको पुष १० गतेबाट खुलेका सिनेमा हलहरु नयाँ चलचित्रको प्रतिक्षामा रहेको अवस्थामा अभिनेता रविन्द्र प्रताप सेन स्टारर चलचित्र ‘गोर्खे’ आउँदो फागुन २१ गतेलाई देशव्यापी प्रदर्शनमा आउने भएको छ । दर्शकहरु विस्तारै सिनेमा हलसम्म पुग्ने माहोल राम्रो बन्दै गएका कारण फागुनमा चलचित्र प्रदर्शन गर्न लागेको वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले जानकारी दिए ।

प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्रले गोर्खाली सैनिकको बहादुरीको कथा भन्छ । किम्मत गौतम निर्देशित चलचित्रमा रविन्द्रसँगै अञ्जली अधिकारी, अर्जुन गुरुङ, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारहरुको पनि अभिनय छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले चलचित्रको निर्माण गरेका हुन् ।

गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा वाचन गर्ने चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ । पोखरा, काठमाडौंलगायतका स्थानमा खिचिएको चलचित्रको ‘सिन्की अचार’ बोलको गीत चर्चामा छ । केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu