शुक्रवारबाट हलमा ‘मूलन’



कोरोनाका कारण देश लकडाउन भएपछि अन्तिम समयमा प्रदर्शन रोकिएको चिनियाँ सुपरहिरोइन चलचित्र ‘मूलन’ शुक्रवारबाट नेपालका मल्टीप्लेक्सहरुमा प्रदर्शनमा आएको छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याएको हो । विदेशी बजारमा प्रदर्शन भइसकेको यो चलचित्र नेपाली दर्शकमाझ प्रतिक्षीत थियो । लकडाउनअघि यो चलचित्र प्रदर्शनको तयारीमा थियो ।

‘मूलन’ ले नेपालका मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर शुक्रवार र शनिवार गरी १९ सोज प्रदान गरेको छ । त्यस्तै, वान सिजेमाजले तीन सोज, क्यूज सिनेमाजले चार सोज, एफक्युब सिनेमाजले तीन सोज, सिडिसी सिनेमाजले दुई सोज, विएसआर मुभिजले दुई सोज, आईएनआई सिनेमाले दुई सोज बाँडेका छन् ।

निकि कारो निर्देशित चलचित्र चिनियाँ दन्त्यकथामा आधारित छ । लियू यीफी, जेट ली, डोनी येन, गोङ ली, जेसन स्कट ली जस्ता विश्व प्रख्यात कलाकारहरुको अभिनय रहेको चलचित्र २ सय मिलियन डलरमा निर्माण भएको थियो । ‘द बालाड अफ मुलान’ भन्ने चिनियाँ कथामा चलचित्र आधारित रहेको छ । यो चलचित्रले दर्शकको एउटा ठूलो वर्गलाई हलसम्म तान्न अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu