ओबामाले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको कथामा चलचित्र बनाउने



विश्वकै पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले चलचित्र बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले ओटीटी प्लेटफर्म नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र निर्माण गर्न लागेको हो । अष्ट्रेलियन महिला निर्देशक जेनिफर पिडमले निर्देशन गर्ने चलचित्रको नाम ‘तेन्जिङ’ हुनेछ ।

सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङ स् हिरो अफ एभरेस्ट’ पुस्तकमा चलचित्र आधारित हुने नेटफ्लिक्सले जानकारी दिएको छ । निर्माण भएपछि चलचित्र नेटफ्लिक्समा सार्वजनिक हुनेछ । तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई चलचित्रले देखाउनेछ । चलचित्रको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले बताएका छन् ।

तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu