लोकेशनमै ‘चिसो मान्छे’ को वर्कसप



चलचित्र ‘लभ लभ लभ’ पछि दोस्रो पटक अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक दीपेन्द्र के. खनालले चलचित्र ‘चिसो मान्छे’ मा सँँगै काम गर्दैछन् । चलचित्रमा स्वस्तिमाले बाजुराकी एक महिलाको भूमिका निर्वाह गर्दैछिन्, जसका लागि उनले यस क्षेत्रमा बोलिने भाषा सिकिरहेकी छन् । एक हप्ता काठमाडौंमा नै भाषा सिकेकी उनी अहिले चलचित्रको टिमसँग बाजुरा पुगेकी छन् ।

त्यहाँका स्थानियहरुसँग भाषा, संस्कृतिको बारेमा छलफल निर्देशक खनालसहित उनी बाजुरा पुगेकी हुन् । निर्देशक खनालले चलचित्रको वर्कसपका लागि बाजुरा आएको बताए । उनले भने- ‘अहिले हामी बाजुराबाट पनि निकै निकट ठाउँमा आइपुगेका छौं । लोकेशनमै वर्कसप गर्ने र यस ठाउँको भाषा संस्कृतिको बारेमा यहाँका स्थानीय व्यक्तिहरुसँग छलफल गर्न भनेर आएका हौं ।’

शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रको सम्पूर्ण छायांकन सुदूरपश्चिमाञ्चल बाजुरामा हुनेछ । लकडाउनमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा वाचन गर्ने चलचित्रमा स्वस्तिमासँगै अर्पण थापा र देशभक्त खनालको अभिनय रहनेछ । फागुन दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक खनाल आफैंले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu