नारीलाई अपमान होइन सम्मान गर्न सिकौं : नीता ढुंगाना



बुधवार बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । पोस्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । अहिले प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको छ । देशमा बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गर्दै अभिनेत्री नीता ढुंगानाले नारीलाई अपमान नभइ सम्मान गर्न आग्रह गरेकी छन् ।

भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणको विषयमा आफ्नो विचार राख्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ?’ उनले बलात्कारीलाई चाँडो पक्राउ गर्न पनि आग्रह गरेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘सौन्दर्य शक्ति र शालिनताको अर्को रुप हो नारी, संसारको कुनै रुपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौं ।’ भोजपुरी चलचित्र ‘माही’ को छायांकनका लागि भारतको आगरामा रहेकी नीताले आइतवार फेसबुक लाइभमा देशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति पनि चिन्ता व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu