सौगातलाई ‘सुपरस्टार’ को ट्याग दिँदै ‘लप्पन छप्पन २’ टिजर रिलिज



लामो समयदेखि दर्शकमाझ प्रतिक्षीत रहेको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक भएको छ । आउँदो चैत २७ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले सोमवार यूट्युबमार्फत् दोस्रो टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । उनलाई टिजरमा निर्माण टिमले ‘सुपरस्टार’ को ट्याग दिएको छ ।

मुकुन्द भट्ट निर्देशित चलचित्रमा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

टिजर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu