मुम्बईमा जमेका कलाकार रोहित सुचान्तीले नेपाली चलचित्रमा डेब्यू गर्ने भएका छन् । नेपाली फिल्म निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने ‘तिमीसँगै हुने मन छ’मा उनले नेपाली चलचित्रमा अभिनय गर्ने भएका हुन् ।
रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलका लिड अभिनेता हुन् । साथै उनले रियालिटी शो बिग बोस १२ मा भाग लिएका थिए । ‘तिमीसँगै हुने मन छ’मा यस अगाडी नै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी थिइन् ।

रोहितसँगको सम्झौताको लागि निर्देशक भट्टराई केहि समय अघि मुम्बई पुगेका थिए । चैतको पहिलो हप्ताबाट छायांकनमा जान लागेको यस चलचित्रमा अन्य कलाकारहरु भने केहि दिनपछि फाइनल गरिने जानकारी प्राप्त भएको छ ।
ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा प्रेम कथामा आधारित हुनेछ । यो चलचित्रका सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाईने बताईएको छ ।