‘कृष्ण लीला’ गीतमा पुष्प र श्रद्धाको रोमान्स (भिडियो)



आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘कुनै दिन’ बोलको रोमान्टिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो बलियो बनेको छ । गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले खर्चमा कन्जुसाई गरेको छैन । दीपक ओलीको निर्देशन रहेको ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शिव ढकालले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व रहेको छ । चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । अर्जुन जिसीले सम्पादन गरिरहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu