‘नोभेम्बर रेन २’ बन्ने, सुवासले गरे अनमोललाई अफर



२०७१ सालमा प्रदर्शनमा आएको दिनेश राउत निर्देशित तथा सुवास गिरी निर्मित चलचित्र ‘नोभेम्बर रेन’ व्यवसायिक र समीक्षात्मक रुपमा सफल भएको थियो । यो चलचित्रमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए । यसलाई उनीहरुको करिअरको उत्कृष्ट चलचित्र मानिन्छ । अब निर्माता गिरी यो चलचित्रको दोस्रो पार्ट निर्माणको तयारीमा जुटेका छन् ।

चलचित्रका लागि मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई अफर गरिएको छ । शनिवार साँझ निर्माता गिरीले अनमोल र उनका पिता भुवन केसीसँग भेट गरेका थिए र त्यही क्रममा उनले ‘नोभेम्बर रेन २’ को प्रस्ताव अनमोललाई गरेका हुन् । अनमोलले आफूलाई चलचित्रबाट अफर भएको कुरा स्वीकार गरे । अनमोल र सुवासको यसअघि चलचित्र ‘कृ’ मा सहकार्य भएको थियो ।

निर्माता गिरी ‘नोभेम्बर रेन २’ निर्माणको तयारीमा जुटे पनि उनका भरपर्दा निर्देशक मानिने दिनेश राउत भने यस विषयमा अनविज्ञ रहेछन् । यो चलचित्रको बारेमा कसैले आफूसँग कुरा नगरेको उनले बताए । ‘यो कुरा म पहिलो पटक सुन्दैछु । सुवास दाईसँग यस विषयमा अहिलेसम्म कुराकानी भएको छैन,’ उनले भने । चलचित्रको बारेमा बुझ्न खोज्दा निर्माता गिरीसँग भने सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu