मिस्टर नेपाल २०१९ का विजेता डा. सन्तोष उपाध्याय हाल नेपाललाई मिस्टर सुप्रान्यासनलको सुप्रास्टार सर्चमा प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा छन् । ३७ देशका प्रतियोगी सहभागी भएको यस प्रतियोगितामा उनी टप ३ सम्म पुग्न सफल भइसकेका छन् । मिस्टर नेपालको टाइटललाई विश्वसामु फैल्याउने उद्येश्यका साथ अगाडि बढिरहेका सन्तोषले टप ३ मा पुग्नुलाई आफूसँगै नेपालको उपलब्धिको रुपमा बुझेका छन् ।
डिजिटल राउण्डको अन्तिम तीनमा उनीसँगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी छन् । अनलाइन भोटिङमार्फत् छानिने यस प्रतियोगितामा निर्णायकहरुले ४० प्रतिशत र भोटमार्फत् ६० प्रतिशत निर्णय हुनेछ । सोमबारसम्म भोट गर्न पाइने यस प्रतियोगितामा नेपालका सन्तोष अन्तिम तीनमा छन् । उनले भोटमार्फत् आफू र नेपाललाई अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले शरीरको तौल घटाउनुका साथै आफुलाई अन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउन निकै मेहनत समेत गरिरहेका छन् । उनलाई भोट गर्न यस लिंक https://bit.ly/3aaDVdt मा क्लिक गरि खुल्ने पेजमा १ नम्वरमा आउने सन्तोषको फोटोमा भएको स्टारमा क्लिक गरेर भोट गर्न सकिनेछ । एक भन्दा बढी भोट दिनको लागि भने भोट संख्या अनुसार केही रकम लाग्नेछ ।
मिस्टर सुप्रान्यासनल पुरुषहरुको मुख्य २ मध्यको प्याजेन्ट हो, जुन बर्सेनी पोल्यान्डमा हुने गर्दछ । यो प्रतियोगिता सन् २०२० मा कोरोनाका कारण हुन नसके पनि यो बर्ष जुलाई अगस्टमा भने पोल्यान्डमा हुनेछ । लामो समयदेखी समाज सेवामा समेत सक्रिय रहेका सन्तोष थुप्रै पटक चिकित्सक हैसियतले विभिन्न राष्ट्रमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन भने उनी चित्रकला, खेलकुद तथा समाजिक अभियानताका रूपमा सक्रिय छन् ।




