‘कृष्ण लीला र मनसँग मन’ को रिलिज मिलाउन पहल गर्छु : पुष्प खड्का



आउँदो नयाँ वर्षकोे छेको पारेर चैत २७ गते तीन नेपाली चलचित्रबीच भिडन्त हुँदैछ । यो मितिलाई ‘कृष्ण लीला, लप्पन छप्पन २ र मनसँग मन’ ले प्रदर्शन मिति घोषणा गरेका छन् । अहिले नयाँ चलचित्र नभएर सुनसान रहेका सिनेमा हलमा यी चलचित्रले दर्शक फर्काउने अपेक्षा गरिएको छ । तर, अभिनेता पुष्प खड्का भने आफू अभिनीत दुई चलचित्र एकै मितिमा भिड्ने भएपछि तनाबमा छन् ।

चलचित्र ‘कृष्ण लीला र मनसँग मन’ मा उनको मुख्य भूमिका छ । करीब डेढ वर्षको अन्तरालमा काम गरेका दुई चलचित्रको प्रदर्शन मिति जुधेपछि यतिबेला उनले दुवै चलचित्रका निर्मातासँग रिलिज मिलाउन पहल सुरु गरेका छन् । शनिवार चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन सकेर काठमाडौं फर्किएका उनले दुई चलचित्रको रिलिज मिलाउन आफूले कुनै कसर नछाड्ने बताए ।

उनले भने- ‘दुवै चलचित्रको गीत र प्रदर्शन मिति घोषणा भइसकेको छ । म एकपटक दुवै टिमलाई भेटेर रिलिज मिलाउने प्रयास गर्छु । सायद हुन्छ होला जस्तो लागेको छ । विशेषगरी यो कुरा निर्माता र वितरकले बुझिदिए राम्रो हुन्छ । एउटै कलाकारको दुईटा चलचित्र एकसाथ रिलिज हुनु राम्रो होइन ।’ दुवै चलचित्र एकसाथ रिलिज भए आफूलाई ठूलो समस्या उत्पन्न हुने उनी बताउँछन् ।

‘दर्शकहरुले एउटै कलाकारको दुईटा चलचित्र हेर्न भ्याउँदैनन् र दुईटै चलचित्र हेरिदिनु भन्न मलाई पनि गाह्रो हुन्छ । दर्शक पनि बाँडिन्छन् । प्रमोसनमा हिँड्न पनि गाह्रो हुन्छ । त्यसैले मेरो लागि दुईटा चलचित्र नजुधेको राम्रो,’ उनले भने । लकडाउनका कारण आफू अभिनीत चलचित्रको रिलिज विग्रिएको उनको तर्क छ । उनले ‘मनसँग मन’ मा लकडाउनभन्दा अगावै काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu