दिनेश राउतले प्रदीपलाई च्याप्न थालेका हुन् ?



दिनेश राउत लभस्टोरी चलचित्र निर्देशनमा अब्बल मानिन्छ । यही कारण प्रेमिल भूमिकामा रुचाइएको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई लिएर उनी ‘नोभेम्बर रेन र क्लासिक’ जस्तो सफल चलचित्र बनाए । त्यसबेला उनले आर्यन र नम्रतालाई च्यापेरै हिँडेको आरोप समेत लागेको थियो । तर, पछिल्लो समय उनले फरक-फरक कलाकारसँग काम गरिरहेका छन् ।

‘पर्व’ मा कोशिश क्षेत्री, ‘प्रसाद’ मा विपिन कार्कीलाई निर्देशन गरेका उनी चलचित्र ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्कासँग काम गर्दैछन् । यो चलचित्रभन्दा अगावै एक बैंकको विज्ञापनमा उनीहरुले सँगै काम गरिसकेका छन् । ‘प्रकाश’ पछि अर्को चलचित्रमा पनि उनीहरुबीच सहकार्यको तयारी भइरहेको छ । जसले गर्दा निर्देशक राउतले प्रदीपलाई च्याप्न थालेको चर्चा चल्न थालेको छ ।

यसबारेमा ‘प्रकाश’ को घोषणा सभामा उनले भने, ‘जोसँग काम गर्न सहज हुन्छ, त्योसँग रेगुलर काम गर्छु । त्यो मेरो बानी नै हो । नसुहाउने रोलमा आजसम्म मैले कसैलाई लिएर काम गरेको छैन ।’ अब प्रदीप खड्कासँगको सहकार्यले निरन्तरता पाउँछ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामी पहिलो पटक सँगै काम गर्दैछौं । यो चलचित्रमा काम गरेको अनुभव कस्तो हुन्छ त्यसपछि थाहा हुन्छ ।’

प्रदीपले कलाकारितालाई गम्भीरतापूर्वक लिने गरेकोप्रति निर्देशक राउतले खुसी व्यक्त गरे । ‘उसले आफ्नो कलाकारितालाई कसरी लिँदो रहेछ भन्ने भेटेपछि थाहा पाएँ । उसले आफूलाई ग्रोअप गर्न चाहिरहेको रहेछ । ‘प्रकाश’ को पात्रलाई निभाउन पनि उसले निकै मेहेनत गरेको छ,’ उनले भने । जुम्लामा छायांकन हुने चलचित्रमा प्रदीपले गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu