नेपाली कलाकारमा अडिसन दिनु हुँदैन भन्ने भ्रम छ : अनुप बराल



हलिउड बलिउडमा नाम चलेका कलाकारहरु चलचित्रका लागि अडिसनमा सहभागी हुने गरेका छन् । नेपालमा भने यो संस्कार बस्न सकेको छैन । अडिसन भनेको चलचित्रमा प्रवेश गर्न चाहने नयाँ अनुहारहरुका लागि मात्र हो भन्ने बुझाई धेरै नेपाली कलाकारहरुमा छ । कलाकार अनुप बराल कतिपय नाम चलेका नेपाली कलाकारमा अडिसन दिनु हुँदैन भन्ने भ्रम रहेको बताउँछन् ।

चलचित्र ‘प्रकाश’ मा कास्टिङ डाइरेक्टरको भूमिका निर्वाह गरेका उनले अडिसनमा कलाकारको प्रतिभाको लेखाजोखा नहुने बताउँछन् । उनी भन्छन्, ‘तपाईंले चरित्रलाई कति राम्रोसँग आउटपुटमा ल्याउन सक्नुहुन्छ र डाइलग डेलिभरी गर्दा तपाईं पात्रसँग निकै नजिक हुन सक्नुहुन्छ, त्यसको मात्र कुरा हो । त्यसैले नाम चलेका अभिनेता हुन् वा अभिनेत्री, अडिसन दिन जाउन् ।’

‘प्रकाश’ का लागि उनले तीन महिना प्रदीप खड्कालाई अभिनय समेत सिकाएका थिए । प्रदीपले अभिनय सिक्न आउँदाको क्षण स्मरण गर्दै उनी भन्छन्, ‘तपाईं त सुपरस्टार भइसक्नुभयो, अभिनय सिक्नुपर्छ भन्ने कसरी लाग्यो भनेर मैले उहाँलाई सोधेको थिएँ । कलाकारको रुपमा आफ्नो क्षमतालाई निखार्न अभिनय सिक्न चाहेको हुँ भन्ने उहाँको जवाफ मलाई साह्रै चित्त बुझेको थियो ।’

‘प्रकाश’ मा कलाकार बरालकी श्रीमती दीया मास्केले पनि अभिनय गर्दैछिन् । चलचित्रमा दीया हुने भएपछि उनलाई नेपोटिज्मको कुरा उठ्न सक्ने डर लागेको रहेछ । तर, दीयाको नाम आफूले कहिल्यै निर्माण टिमसँग नलिएको उनले स्पष्ट पारे । ‘चलचित्रका लागि उनले सबैभन्दा धेरै अडिसन दिएकी छन् । अडिसनबाट पास भएपछि मात्र उनलाई चलचित्रमा लिएको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu